Section 20
भोग वा दृष्टि बन्धकीको जग्गाको क्षतिपूर्ति
दफा १५ बमोजिम कुनै जग्गावालाबाट प्राप्त गरिएको जग्गा अरू कसैले भोग वा दृष्टि बन्धकीमा लिएको रहेछ भने दफा १९ बमोजिम पाउने क्षतिपूर्ति सो भोग वा दृष्टि बन्धकीमा लिने साहूले पाउनेछ ।
तर क्षतिपूर्तिको रकम त्यस्तो साहूको थैली भन्दा बढी भएमा सो बढी भए जति रकम असामीले पाउनेछ । घटी भएमा सो घटी भए जति थैलीमा असामी उपर साहूले दावा गर्न पाउनेछैन ।